धरान: बलात्कार आरोपमा प्रहरीमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहले प्रहरीमा आत्मसर्मपण गर्ने भएका छन् । 

केही बेरअघि फेसबुक पेजमार्फत शाहले नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरी सामु उपस्थित हुने जनाएका हुन् । उनले आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले, साथै घर व्यवहार मिलाउनु परेकोले र चलचित्र म यस्तो गीत गाउछु २ को प्रर्दशन शुक्रबारदेखि भएकोले असर नपरोस् भनेर प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफीसमेत मागेका छन् । 

paulko

एक नाबालिग गायिकाले आफुलाई पटक पटक विभिन्न वहाना, झुटो प्रेमको नाटक गरेर बलात्कार गरेको भन्दै तनहु प्रहरीमा जाहेरी दिएका छन् । यो जाहेरी पछि नायक शाह फरार रहेका थिए। प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।