धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राई भन्दा २१८५ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहान साढे १० बजेसम्म ४५ हजार १९५ मत गणना भइसकेको छ । त्यसमध्ये चुनाव चिह्न लौरो भएका साम्पाङले १४ हजार १८३ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका उम्मेद्वार किशोर राईभन्दा २१८५ मतले अगाडि छन् । किशोर राईले हालसम्म ११ हजार ९९८ मत प्राप्त गरेका छन् । 

यसैगरि, एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारी ९ हजार ७३५ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् । उनी स्वतन्त्र उम्मेद्वार साम्पाङ भन्दा ४४४८ मतले पछाडि छिन् भने गठबन्धन उम्मेद्वार किशोर राईभन्दा २२६३ मतले पछि परेकी छिन् । 

यसैगरि, उपमेयरमा गठबन्धन उम्मेद्वार अइन्द्रबिक्रम बेघा १४ हजार १४८ मतले अग्रता कायमै राखेका छन् । उनी एमालेका उम्मेद्वार पदम इस्वोभन्दा ९६५ मतले अगाडि छन् । इस्वोले १३ हजार १८८ मत प्राप्त गरेका छन् । अहिले वडा नं १५ र १६ को मतगणना जारी छ भने वडा १७ को मतपेटिका खोल्न बाँकी छ । 

latest 1