धरान: पकुवा खोलाको योजना पछि मेयर हर्क साम्पाङ अहिले निशाने खोलामा इन्टेक र करिब अढाई लाख लिटर क्षमताको रिजर्ब टंकी बनाउन केन्द्रीत छन् । 

उनी त्यतिमा मात्र सिमित छैनन्, निशाने दोभानभन्दा केही मास्तिर सर्दु खोलाबाट नमुना माइक्रो हाइड्रोवापरको योजना पनि शुरु गरेका छन् । हिजो (शनिबार) दिउँसो पुर्वाञ्चल इञ्जिनियर क्याम्पसका सिभिल इञ्जिनियर विभाग प्रमुख प्रभात देव र अन्तिम बर्षका विद्यार्थीहरु सर्वे गरिरहेका थिए । अर्कोतर्फ हाइड्रोपावरको लागि इन्टेक निर्माण गर्न मेयर साम्पाङ जनतासँग ढुंगा बोक्न, बेल्चा हान्न ब्यस्त थिए । 

hydro1

ईञ्जिनियरका विद्यार्थी सुदिपभाई सुवेदीले कक्षामा पढेको कुरालाई फिल्डमा नै अभ्यास गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे । उनका अनुसार नमुना देखाउनको लागि १ किलोवाटदेखि ३ किलोवाटसम्म विजुली उत्पादन गर्न सकिने अध्ययनबाट देखिएको उनले बताए । विगतमा बन्दकोठामा मात्र प्राक्टिकल गरिरहेको भन्दै उनले फिल्डमा नै आएर पढेको ज्ञानलाई व्यवहारमा उतार्न पाउदा धेरै फाइदा पुगेको पनि बताए । 

hydro2

विभागीय प्रमुख प्रभात देवले विद्यार्थीहरु फिल्डमै आएर काम गर्दा ज्ञानको दायरा फराकिलो हुने बताए । उनले विद्यार्थीहरुले हाइड्रोपावरसँगै जोडिएको थुप्रै कुराहरुको अध्ययन पनि भइरहेको बताए । धरानमा विजुली पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत हुने पनि उनले बताए । मेयर साम्पाङले काम गर्छुभन्दा साथ दिनेको कमी छैन भन्ने प्रष्ट हुदै गएको बताए ।

भिडियो:

hydro3

hydro4