धरान: प्रदेशभरका नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरुले कोशी नाममा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

कांग्रेसका १४ जिल्लाका सभापतिहरुले संयुक्तरुपमा वक्तव्य जारी गर्दै कोशी नामबारे पुर्नविचार गर्न आग्रह गरेका हुन् । साथै उनीहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि जोडदार माग गरेका छन् । पहिचानवादी आन्दोलनले कोशी नाम हटाउन गरेको मागप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दे जारी वक्तव्यमा सभापतिहरुले प्रदेश सरकारले आन्दोलनमा गरेको दमनको पनि घोर भत्र्सना गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा घाइते भएकाहरुको सम्पुर्ण उपचार व्यवस्था गर्न केन्द्र र प्रदेश सरकारसँग पनि माग गरेका छन् । 

नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती, कमजोरीहरुलाई सच्याउने साहस गर्नसक्ने भन्दै सभापतिहरुले कोशी नाम सम्बन्धमा पुर्नविचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग बिशेष आग्रह पनि गरेका छन् । सभापतिहरुले द्धन्द पनि मेटिने, पहिचान पनि भेटिने नेपाली कांग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, पहिचान र विविधता तथा बहुलताको रक्षक र अगुवा भएको पनि उल्लेख गरेका छन् । 

koshi-congress