धरान: धरान जेसीजले कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुन नदिन धरानमा धेरै मानिसहरुको जमघट हुने स्थानहरुमा हात धुनको लागी पानीटंकीसहित साबुनको व्यवस्था गरेको छ ।

बाटो हिड्ने मानिसहरुलाई हात धुनको लागि सहज होस् भन्ने उद्देश्यले जेसिजले आजदेखि यस्तो व्यवस्था गरेको हो । जेसिजले हात धुन सहजताको लागि ग्रीलको स्टेनसहित एक हजार लिटरको पानीटंकी र वेसिन पनि राखिदिएको छ ।यो अभियानको शुभारम्म भानुचोक वडा प्रहरी कार्यालय अघि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले गरेका थिए भने उद्घाटन धरान १८ स्थित वीपी प्रतिष्ठानको मुलगेटअघि धरानका मेयर तिलक राईले उपमेयर मञ्जु भण्डारी, वडा नं १८ का अध्यक्ष प्रविण राईलगायतको उपस्थितिमा गरेका थिए ।

jesis

जेसिजले वडा प्रहरी कार्यालय अगाडि, वडा नं १२ छाता चोकको सोमबारे हाटिया अघि पनि पानीटंकीसहित हातधुने व्यवस्था गरेको छ । यस्तै, वडा नं ८ को वरगाछीस्थित मनोकामना हार्डवयर अगाडि र धरान १८ को वीपी प्रतिष्ठान मुलगेट अघि पनि राखिएको छ । धरानमा कोरोनाको संक्रमण आउन नदिन यस्तो व्यवस्था गरिएको जेसिजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार कोरोनामुक्त धरानः धरान जेसीजको अभियान भन्ने नाराको साथ चार ठाउँमा पानीटंकीसहितको हातधुने व्यवस्था गरिएको छ । 

अभियानको लागि मनकामना हार्डवेयरका नविनराज भण्डारी र अरुण पेट्रोल पम्पका सञ्चालक गोपाल श्रेष्ठसहित धरानका पेट्रालियम व्यवसायीहरुको सहयोग रहेको पनि अध्यक्ष निरौलाले जानकारी दिए । यस्तै, धरान उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय, एप्पल डिजिटल प्रिन्टर्सले पनि सहयोग गरेको निरौलाले बताए । कोरोनाको संक्रमण हुन नदिन साथै आममानिसहरुलाई नियमितरुपमा हात धुने वानीको विकास गराउने उद्देश्यले अभियान गरिएको उनले बताए ।

jesi
jesis1

nabin