विश्वलाई नै कोरोनाले सताइरहेको बेला यसको संक्रमणबाट आमजनतालाई कसरी जोगाउने भनेर धरान उपमहानगरपालिका १२ नम्बर वडा कार्यालयको जनहितको लागि भिडियो सन्देश तयार पारेको छ । यो भिडियोमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोबायोलोजी विभाग र न्युट्रिसनको सहकार्यमा तयार पारिएको हो । यसभिडियोमा कोरोनाको लक्षण, कोरोनाबाट कसरी जोगिने भनेर जानकारीमुलक सन्देश दिइएको छ ।