धरान: नेपालमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ ।

आज बिहान थप ९ जना नयाँ संक्रमितहरु थपिए पछि कुल संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै रौतहट र बारामा नयाँ संक्रमितहरु पुष्टि भएको जानकारी दिएको छ । नयाँ संक्रमित मध्ये ८ जना रौतहटका छन् । रौतहटको इशनाथ नगरपालिका २, ३, ६ र ९ वडाका ७ जना पुरुष हुन् भने माधवनारायण नगरपालिकाकी २८ बर्षीय एक महिला छिन् ।

यस्तै, बाराको करैयामाई ५ का ३८ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । संक्रमितहरु सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि उनले विज्ञप्तीमार्फत बताएका छन् । pres