धरान: नाबालिग एक गायिकालाई बलात्कार गरेको आरोप लागेका चर्चित अभिनेता पल शाह प्रहरी नियन्त्रणमा पुगेका छन् । 

केही बेरअघि आफै प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमार्फत आत्मसर्मपण गर्ने घोषणा गरेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तनहुँ प्रहरीले शाह पक्राउ परेको पुष्टि गरेको छ । विभिन्न डिएसपी युवराज खड्काले सञ्चारमाध्यमलाई शाह नियन्त्रणमा लिएको जानकारी दिएका छन् । 

शाहविरुद्ध शुक्रबार गायिकाले तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसपछि शाह फरार थिए । यही प्रकरणले शाह आफ्नो फिल्मको प्रिमियरमा पनि सहभागी हुन पाएका थिएनन् । प्रहरीले खोजी तीब्र पारे पनि उनी फेला परेका थिएनन् । 

शाहले आज फेसबुक पोष्ट गर्दे आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले, साथै घर व्यवहार मिलाउनु परेकोले र चलचित्र म यस्तो गीत गाउछु २ को प्रर्दशन शुक्रबारदेखि भएकोले असर नपरोस् भनेर प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफीसमेत मागेका थिए । साथै, कानुनको सम्मान गर्दै प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए ।