धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १५ हजार मत कटाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म ४७ हजार ९५ मतगणना हुँदा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरेका छन् । उनी गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २६६७ मतले अगाडि छन् । राईले १२ हजार ४१० मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार मञ्जु भण्डारी १० हजार ११२ मत प्राप्त गरेकी छिन् । 

यस्तै, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् भने एमाले उम्मेद्वार पदम इस्वोले १३ हजार ७२६ मत प्राप्त गरेका छन् । अहिले वडा १५ र १६ को गणना भइरहेको छ भने १७ को गणना गर्न बाँकी छ ।