धरान: धरानका नवनिवार्चित जनप्रतिनिनिधहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । 

धरान १२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निवार्चित उपमेयर र वडाका जनप्रतिनिधिहरुको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण भएको हो । प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले उपप्रमुख अइन्द्रबिक्रम बेघा र २० वटाका वडाअध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । यस्तै, निवार्चितहरुलाई निर्वाचन अधिकृत पुष्करराज नेपालले प्रमाणपत्र वितरण गरेका थिए । 

padvar1

त्यसअघि, बिहान जिल्ला सदरमुकाम इनरुवामा मेयर राईले सपथ ग्रहण गरेका थिए । उनलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधिश कैलाश सुवेदीले सपथ ग्रहण गराएका थिए । मेयर राईले सपथ ग्रहण गरेपछि धरानमा उपमेयरसहित वडाका जनप्रतिनिधिहरुलाई सपथ गराएका थिए । 

padvar7

padvar2

padvar16

padvar15

padvar6

padvar5

padvar3

padvar8

padvar4

padvar8

padvar10