धरान: धरान १७ का जोसन चाम्लिङ राईको सपना थियो, नेपालको उत्कृष्ट फुटबल खेलाडी बन्ने । उनको सपना विस्तारै पुरा हुदै पनि थियो ।

उनी १२ बर्षको हुँदा एन्फाको एकेडेमीमा छ्नौट हुन सफल भए । एन्फाले उनलाई काठमाण्डौंमा एकेडेमीमा राखेर प्रशिक्षण दिलायो । क्षमतावान खेलाडी बनेका उनले सानो उमेरमै देश बिदेशमा पनि थुप्रै प्रतियोगिता पनि खेले । तर, ३ बर्ष अगाडि फुटबल मैदानमा भएको एउटा घटनाले उनको सपना चकनाचुर बनाइदियो । 

josan4

धनुकटाको तमोरमा उनी फुटबल खेल्दै गर्दा खुट्टा भाँचियो । अहिले उनी मात्र २७ बर्षका छन् । मैदानमा जर्सी लगाएर विपक्षी खेलाडीसँग वल खोस्ने, रोक्ने र गोल गर्ने उनको सपनाको मात्र उनी २४ बर्षको हुँदा नै अवसान भयो । एउटा नेपाली उखान छ, जहाँ इच्छा त्यहाँ उपाय । आफु मैदानमा खेल्न नपाएर के भो त ? उनले पनि उपाय लगाए, र नेभर माइन्ट क्लब खोलेर आफुजस्तै खेलाडी उत्पादन गरेर आफ्नो सपना साकार बनाउन लागिपरे । त्यसयता उनी निरन्तर बालखेलाडी र किसोरहरुलाई भेला पारेर प्रशिक्षण दिइरहेका छन् । धरान १७ स्थित आदर्श चोक नजिकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको मैदानमा उनले एकेडेमीकै रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिने गरेका छन् ।

josan1 1

जोसन खुट्टा भाँचिएर आफु खेल्न नपाए पनि आफ्नो जस्तै सपना भएका बालखेलाडीहरुलाई प्रशिक्षण दिएर उनीहरुको फुटबलर बन्ने सपना साकार बनाउने बताउँछन् । आफु राम्रो फुटबलर होस् भन्ने सपना बुबाको पनि भएको उनले बताए । उनको बुबा वीपी प्रतिष्ठानमा सेक्युरिटी गार्ड छन् । आफ्नो सँगै बुबाको सपना पनि अन्य राम्रो खेलाडी उत्पादन गरेर पुरा गर्न आफु लागिपरेको जोसनको भनाई छ । जोसनको काम देखेर धरान हेल्पिङ्ग ह्याण्ड युएई ले खेलकुद सामाग्री सहयोग पनि गरेको छ । आइतबार खेल मैदानमा नै पुगेर उक्त संस्थाका अध्यक्ष किरण भुजेल, सचिव रमु राई, समन्वयकर्ता एवं गोधुली क्लबका उपाध्यक्ष सतिस केसीलगायतले खेल सामग्री हस्तान्तरण गरेका थिए । 

भिडियो:

josan5josan7

josan3

josan6

josan2