धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् ।

क्याम्पस जग्गा बचाउ समिति, क्याम्पस प्रशासन र मोही हक माग गर्दै मुद्दा दायर गर्ने वास्तविक मोहीका छोरा यज्ञ घिमिरेबीच मेयर साम्पाङले वार्ता गराएका छन् । त्रिपक्षीय भएको वार्तामा निवेदक घिमिरेले आफु मेलमिलाप गर्न तयार भएको प्रतिक्रिया दिएका छन् । जग्गा बचाउ समितिका संयोजक एवं पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले मेयर साम्पाङको उपस्थितिमा मोही डम्बरबहादुर क्षेत्रीका छोरा तथा निवेदक यज्ञ घिमिरेसँग मेलमिलापको वातावरण बनाउन छलफल भएको बताए । उक्त छलफल ज्यादै सकरात्मक भएको र मिलाप हुने सम्भावना रहेको पनि उनले बताए ।

mmc-mayor1

सुनसरी भुमिसुधार कार्यालयले क्याम्पसले किनेको जग्गा झण्डै ४० बर्षपछि मोहीका छोराको नाममा हक कायम गर्ने निर्णय गरेपछि क्याम्पस प्रशासनले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । उच्च अदालतले असार १९ गते मेलमिलाप गराउने अन्तिम मौका दिएको छ । त्यसैले मेयर साम्पाङले मोहीका छोरा तथा निवेदक घिमिरेलाई पनि बोलाएर मेलमिलाप गर्न र सार्वजनिक तथा शैक्षिक संस्थाको जग्गा छोडिदिन आग्रह पनि गरे । त्यसो नगरे सामाजिक दबाब थग्नै नसक्ने गरि आउने भन्दै घिमिरेलाई उनले समयमै विचार पुर्याउन पनि सुझाव दिए ।

mma-mayoe2

छलफलमा क्याम्पस प्रमुख दामोदर भण्डारी, पुर्वक्यामपस प्रमुख चन्द्रकुमार राई, जग्गा बचाउ समितिका संयोजक एवं पुर्वक्याम्पस प्रमुख कार्की, वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागो र वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई पनि सहभागी थिए । क्याम्पसले तत्कालिन मोहीलाई चित्त बुझाएर २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो । मोहीलाई चित्त बुझाए पनि स्रेस्तामा मोहीको नामको लगतकट्टा नहुदा अहिलेसम्म मोही कायमै छ । यो कुरा थाह पाएपछि झण्डै ४ बर्षअघि भुमाफियाहरुले मोही डम्बरबहादुर क्षेत्रीका छोरालाई यज्ञबहादुरलाई खोजेर हक कायम गर्न अघि सारेका थिए । वास्तविक मोही डम्बर र उनका श्रीमतिको पनि निधन भएको बषौं भइसकेको छ । 

भिडियो: