धरान: नेशनल एकेडेमी धरानले आफ्ना विद्यार्थीहरुलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण गराएको छ । 

शैक्षिक वर्ष ०७८/०७९ को अन्तिम परिक्षा सकिए पछि चैत्र १३ गते मन्टेसरी तहका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको थियो । यसैगरी चैत्र १५ गते इलेमेन्टरी लोवर लेबल (कक्षा १ देखि ४), इलेमेन्टरी अप्पर लेबल (कक्षा ५ देखि ८) र सेकण्डरी लेबल (कक्षा ९ देखि १२) अन्तर्गतका कक्षा ९ का विद्यार्थीहरुलाई पनि भ्रमण गराएको एकेडेमीले जानकारी दिएको छ । 

विद्यालयको सोसियल वेलफेयर क्लव अन्तर्गत विद्यार्थीहरुलाई धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइएको विद्यालयका एसिस्टेन्ट डाइरेक्टर टङ्का लिम्बुले बताउनुभयो । यसक्रममा विद्यार्थीहरुले अन्तरराष्ट्रिय स्तरमै उत्कृष्ट धार्मिक स्थलका रुपमा चिनिएका बुढासुब्बा मन्दिर, पिण्डेश्वरी मन्दिर र दन्तकाली मन्दिर क्षेत्रको पैदल भ्रमण गरेका थिए । 

national1

सो अवसरमा विद्यार्थीहरुलाई उक्त मन्दिरहरुको महत्व, नेपालमा धार्मिक पर्यटनको महत्व, सामाजिक सद्भाव आदीका बारेमा जानकारी गराइएको थियो । भ्रमणमा विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाएका थिए । राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रको जानकारी हासिल गर्नका लागि स्थानिय क्षेत्रको सामाजिक, धार्मिक तथा पर्यटकीय अवस्थाको जानकारी हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी भ्रमण आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल श्रीशीशा राईले बताउनुभयो । विद्यार्थीहरुमा सामाजिक भावनाका साथै धार्मिक पर्यटनका बारे चासो र चिन्तनको विकास गराउने उद्धेश्यले भ्रमण गराइएको उहाँले बताउनुभयो । 

नेशनल एकेडेमी प्रदेश नं. १ पहिलो तथा एकमात्र आइएसओ मान्यता प्राप्त शिक्षणसंस्था हो । यस विद्यालयमा पढाईका अतिरिक्त विद्यार्थीहरुको आन्तरिक क्षमता अभिवृद्धि गर्ने तर्फ जोड दिएर अध्यापन हुँदै आएको छ । विद्यालयमा शैक्षिक वर्ष २०८० का लागि भर्ना खुल्ला गरिएको विद्यालयले जनाएको छ ।

national2