विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहमा कार्यरत प्रहरी हवल्दार हरी प्रसाद ढकाललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् । 

अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट तथा प्रशंसनिय कार्य गरेको जनाउदै प्रदेश प्रहरी कार्यालयले ढकालको कामको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको जनाएको छ । 

ढकालले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र ९ मा मंसिरमा विभिन्न मितिमा स्काभेटर शृङ्खलाबद्ध रुपमा आगजनी भएको घटनाको सफल अनुसन्धान गरेर दोषीलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।