धरान: आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट धमाधम स्वतन्त्र उम्मेद्वार घोषणा हुन थालेको छ । आइतबार धरान १६ स्थित गणेशमान चोकमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको छ । सुनसरी क्षेत्र ...
धरान: चुनावी खर्च विवरण समयमा नबुझाएपछि धरानका मेयर हर्क साम्पाङले जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले चुनावी मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गर्ने मेयर साम्पाङसहित देशभरका जनप्रतिनिधिहरुलाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार ...
धरान: धरानमा खाल्डाखुल्डी भएका सडकहरु मर्मत गर्न ठेक्का पाएको साह निर्माण सेवाले गुणस्तरहिन काम गरेको भन्दै ठेक्का रद्द गर्न माग गरिएको छ । धरान १० नारायण चोकमा बुधबार खाल्डा पुर्ने क्रममा वडाअध्यक्ष विवेक राईले अनुगमन गर्दा लापरवाहीपुर्ण तथा गुणस्तरहिन कार्य गरेको भेटिएको भन्दै कम्पनीसँगको ठे ...
धरान: मंसिर ४ गतेको संघीय तथा प्रदेश निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु टिकटको लागि केन्द्रतिर धाइरहेका छन् । गएको स्थानीय तह निर्वाचनमा मेयरमा स्वतन्त्रले जितेको धरानसहित समेटिएको सुनसरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । बिहिबार धरानक ...
धरान: लामो समयपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्णक्षमताको अस्पताल फार्मेसी शुरु भएको छ । बिहिबार एक समारोहबीच उपकुलपति डा.ज्ञानेन्द्र गिरीले फार्मेसीको उद्घाटन गरे । निजी मेडिकललाई ठेक्कामा चलाउन दिएको फार्मेसी हटाएर प्रतिष्ठान आफैले करिब ५ बर्षअघिदेखि शुरु गर्ने तयारी ग ...
धरान: धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ । टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको प्रहरीले जनाएको छ । वृद्धा घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन् । उनको हत्या हिजो नै भएपनि घटनाबारे आज बिहान मात्र थाह भएको नातामा भदै पर्ने सनम रा ...
धरान: फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ । उपमहानगरपालिकाले फोहोर फाल्न प्रयोग गर्दै आएको वन समुहको क्षेत्रमा अव्यवस्थित भएको र पर्यावरणलाई पनि असर पुगेको भन्दै वन समुहले सोमबारसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको द ...
धरान: सर्दु-निशाने खोला दोभानबाट १० इञ्च पाइप विस्तार गरेर धरानको वडा नं १३ स्थित जानकी चोकसम्म पानी ल्याउन सफल भएको छ । मेयर हर्क साम्पाङको दोस्रो प्राजेक्टकोरुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार १० इञ्च पाइपबाट पानी जानकी चोकसम्म आएको हो । गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी य ...
धरान: निस्सा विरतण भइसकेका धरान १३ राई टोलका ३० घर सुकुम्बासी परिवारको जग्गा नापजाँच कार्य शुरु भएको छ । आइतबार बेलुकी धरानकका उपमेयर अइन्द्रबिक्रम बेघाले जग्गा नापजाँच कार्यको शुरुवात गरेका हुन् । यसअघि लगतफारम भरेका स्थानीयलाई निस्सा प्रमाणपत्र वितरण गरिएको थियो । उपमेयर बेघाले फिल्डमा देखिए ...
धरान: पछिल्लो समय सहकारीहरु संकटमा पर्दै गएपछि धरान उपमहानगरपालिकाले सञ्चालक तथा व्यवस्थापकहरुको बेला गरेको छ । उपमहानगरपालिका परिसरमा आइतबार भएको भेलामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले ऐन, नियमभन्दा बाहिर गएर सञ्चालन नगर्न निर्देशन दिएका छन् । नियम अनुसार चलेका सहकारीहरुमा समस् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित